अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पठाओ चालकलाई लुटपाट गर्ने दुईजना पक्राउ

पठाओ चालकलाई लुटपाट गर्ने दुईजना पक्राउ


काठमाडौँ-प्रहरीले ‘पठाओ चालक’लाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने दुईजनालाई पक्राउ गरेको हो।

प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको छ। उनीहरुले २०८१ साउन ९ गते  बिहान  ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका वडा-८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा-९ का खड्कालाई लुटपाट गरेका थिए। 

ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई  शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको  बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६०००।– र मोबाइल १ थान लुटपाट  तथा चोरी गरी फरार भएकोमा सोही दिन निजहरूलाई  नियन्त्रणमा लिई  कानून बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिनुभयो।

सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल काठमाडौँको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर घर भई हाल साँखुमा बस्दै आएका मनिष कोइराला पक्राउ परेका हुन्।