अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकारमा किरण पौडल नियुक्त

प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकारमा किरण पौडल नियुक्त


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा किरण पौडेल नियुक्त हुनुभएको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष पौडेललाई प्रधानमन्त्री ओलीको जनसरोकार तथा जनसम्पर्क सल्लाहकारमा नियुक्त हुनुभएको हाे। युवा नेता पौडेललाई आजैबाट लागू हुने गरी सो जिम्मेवारी प्रदान गरिएको हो।

युवा पुस्ताका लोकप्रिय नेता पौडेल २०७९ को आम निर्वाचनमा काठमाडौं क्षेत्र-१ बाट चुनावी प्रतिष्पर्धामा थिए । उहाँ पार्टीको संगठन निर्माणदेखि समाजसेवामा सक्रिय भूमिका खेल्ने युवा नेताको रुपमा परिचित हुनुहुन्छ। हालै जाजरकोटमा केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पको बेला उद्धार तथा राहत कार्यमा खटिनुभएको थियो।

प्रधानमन्त्री ओलीको मुख्य राजनीतिक सल्लाहकारमा नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्ति गरिसकेको छ। एमाले उपमहासचिव रिमाल यसअघि ओली प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकारकै भूमिकामा हुनुहुन्थ्यो भने खतिवडा भने अर्थमन्त्री हुनुहुन्थ्यो।

प्रधानमन्त्री ओलीको प्रमुख स्वकीय सचिवमा राजेश बज्राचार्यलाई नियुक्त गरिसकेको छ।