अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी


मनाङ – मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको जानकारी दिए ।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार ५०० राजस्व संकलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार कर लिने गरिएको छ ।

निकासी गरिएको कर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ । रासस