अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ मा विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री लामाले साउन १५ मा विश्वासको मत लिने


काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते विश्वासको मत लिनुहुने भएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा ४ तथा प्रदेश सभा नियमावली २०७४ को उपनियम १ बमोजिम मुख्यमन्त्री लामाले विश्वासको मत लिन लाग्नु भएको हो। यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ। त्यसैले मुख्यमन्त्री लामाले विश्वासको मत पाउने निश्चित छ।

विश्वासको मतका लागि विश्वासको मत लिने प्रक्रियाका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनु भएको हो। नेपाली काँग्रेसका लामा साउन ८ गते मुख्यमन्त्री नियुक्त हुनु भएको थियो।

केन्द्रमा सत्ता समीकरण बदलीएसँगै बागमतीमा पनि शालिकराम जमकट्टेलको सरकार ढलेर लामाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।