अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायित्वका लागि कांग्रेस-एमाले सहकार्य: डा.शेखर कोइराला

स्थायित्वका लागि कांग्रेस-एमाले सहकार्य: डा.शेखर कोइराला


काठमाडौँ-नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताउनु भएको छ।

अस्थिर सरकारका कारण देशमा सङ्कट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरी मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखि आफूले उठाएको बताउनु भयो। हरेक ६–६ महिनामा भैरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उहाँको भनाई थियो ।

नेता कोइरालाले भन्नुभयो, ‘केवल सत्ता टिकाउन सधैँ साना–साना  २–४ सिट भएका दललाई बोकेर हिँड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समयदेखि  संसद्‌मा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ ।’

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिंकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घर सम्म लैजाने बताउनु भयो।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२ औँ अधिवेशनलाई  आइतबार सम्बोधन गर्दै नेता डा.कोइरालाले निरङ्कुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठुलो गुन लगाएको बताउनु भयो ।