अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र नेकपा एस परित्याग गरी एमालेमा प्रवेश, महासचिव पोखरेलद्वारा स्वागत

कांग्रेस र नेकपा एस परित्याग गरी एमालेमा प्रवेश, महासचिव पोखरेलद्वारा स्वागत


काठमाडौं-नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी एवं अन्य विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। पार्टी मुख्यालय च्यासल ललितपुरमा २०८१ साउन १३ गते आइतबार आयोजित कार्यक्रममा नेता-कार्यकर्तालाई खादा र टीका लगाई महासचिव शंकर पोखरेलले स्वागत गर्नुभयो।

नेकपा एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतको अध्यक्षतामा पार्टी महासचिव शंकर पोखरले प्रमुख अतिथि हुनुहुन्थ्यो। नेकपा एमाले उदयपुर जिल्ला कमिटीका सचिव टेकबहादुर राउतले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सो अवसरमा नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका खड्ग कार्की साथै भक्त बहादुर राउत (भरत) शिशु चौहान, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगर प्रवेश गर्नुभएको हो।

कार्यक्रममा महासचिव पोखरेलले देशलाई अगाडि बढाउन र जनतामा पैदा भएको निराशा चिर्न धेरै होइन, बलिया राजनीतिक दल आवश्यक भएको बताउनुभयो। एमालेलाई २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्‍याउनुपर्नेमा उहाँले जोड दिनुभयो। 

महासचिव पोखरेलले ६/६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताउनुभयो। अब देशको लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उहाँको धारणा छ। देशमा राजनीतिका दुईवटा ध्रुव कायम हुनुपर्नेमा उहाँले जोड दिनुभयो। 

नवप्रवेशी थापाले आफू विना सर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। थापाले आफू सात वर्ष अघिसम्म नेकपा एमालेमा नै रहेर काम गरेको स्मरण गर्दै पार्टी छोड्नु जीवनको ठूलो भुलका भएको बताउनुभयो।