पोखरा-पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनामा एक जना मृत्यु भएको छ।
सोमबार बिहान विद्यार्थी लिएर फर्कँदै गरेको एलपी देवकोटा मेमेरियल स्कुलको बस पोखरा-१७, फुस्रेखोलानेर दुर्घटना भएको हो।
दुर्घटनामा एक जनाको मृत्यु भएको एक स्रोतले जनाएको छ । मृत्यु भएको परिचय भने खुलिसकेको छैन।
घाइतेहरूको अहिले पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बसमा चालक र सहचालक गरी २४ जना थिए।






प्रतिक्रिया