अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाः अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण

प्रतिनिधिसभाः अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा ल्याउन ध्यानाकर्षण


काठमाडौँ-सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले सो सडक अवरुद्ध हुँदा दैनिकी हजारौँ यात्री समस्यामा परेका भन्दै यथाशीघ्र सञ्चालन गराउन आग्रह गर्नुभयो।

सांसद खानले दैलेखको आठबिसे नगरपालिका-१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको बताउँदै सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने सवारीसाधन र यात्री अलपत्र परेका जानकारी गराउनुभयो ।

सांसद खानले कास्कीको पोखरामा भएको स्कुल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन संसद्मार्फत सरकारलाई आग्रह गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद  डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।