अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा एमाले र कांग्रेसको संयुक्त सरकार बन्छ: मुख्यमन्त्री कार्की

कोशीमा एमाले र कांग्रेसको संयुक्त सरकार बन्छ: मुख्यमन्त्री कार्की

एमालेको भागमा मुख्यमन्त्रीसहित ५ र कांग्रेसलाई ४ मन्त्रालय


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति सङ्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले चार मन्त्रालय पाउने सहमती भएको जानकारी दिनुभयो । कार्की एमाले प्रदेश संसदीय दलका नेतासमेत हुन्। 

मुख्यमन्त्री कार्कीले ‘वर्तमान अवस्थामा मन्त्रालयको सङ्ख्यामा वृद्धि नहुने समेत प्रष्ट पार्नु भयो’ । उहाँले कांग्रेसले नाम दिएको आधारमा दुई-चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने बताउनुभयो।