काठमाडौं-सरकारले १८ देशका लागि नेपाली राजदूत नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ देशका लागि राजदूत नियुक्ति सिफारिसको निर्णय गरेको हाे।
भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई नै निरन्तरता दिइएको छ। यस्तै पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र पूर्वसचिव चन्द्र घिमिरे राजदूतमा सिफारिस हुनुभएको छ। यसैगरी नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस हुनुभएको छ। चीन, रुस, अस्ट्रेलियालगायतका देशका राजदूत फिर्ता बोलाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेकाे छ।








प्रतिक्रिया