अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बिमा कार्ड मार्फत सूचीकृत अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गरियोस्: महेश बर्तौला

बिमा कार्ड मार्फत सूचीकृत अस्पतालबाट विशेषज्ञ सेवा प्रदान गरियोस्: महेश बर्तौला


काठमाडौं-प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले स्वास्थ्य बिमा कार्ड देखाएर नागरिकले देशका जुनसुकै सूचीकृत अस्पताल मार्फत विशेषज्ञ सेवा लिन पाइने व्यवस्था गर्नुपर्ने बत्ताउनु भएको छ।

उहाँले आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै विशेषज्ञ सेवा लिनका लागि प्रथम सेवा विन्दुबाट निफर ल्याउनुपर्ने व्यवस्था नागरिक मैत्री नभएको उल्लेख गर्नु भएको हो।

उहाँले भन्नु भयो, ‘स्वास्थ्य बिमा कार्यक्रम सरकारले ल्याएको एक महत्त्वपूर्ण सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम हो। हाम्रो देशका ७५३ वटै पालिकाहरूमा यो कार्यक्रम विस्तार भएको छ। झन्डै ८० लाख नागरिकहरूको तहमा यो स्वास्थ्य बिमा कार्यक्रम पुगेको छ।’

उहाँले सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदै नागरिकले देशका जुनसुकै सूचीकृत अस्पताल मार्फत विशेषज्ञ सेवा लिन पाइने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो।