अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

महोत्तरीमा बाढीले सडक बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


गएरातिदेखि बर्दिबास नगरपालिका-५ वडाको जंगल क्षेत्रमा सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ। बाढीले सडक बगाउँदा महोत्तरीमा पूर्वपश्चि राजमार्ग अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी रेवतीरमण पोखरेलका अनुसार बर्दिवासस्थित ढुंग्रखोलाको बेलगाछी पुलकाे मुखकाे  सडक बाढीले बगाएको हो। 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुँदा पूर्वबाट आएका गाडी बर्दिबासमै रोकिएका छन् भने पश्चिमबाट आएका गाडी सर्लाहीको लालबन्दी, फूलजोर, महोत्तरीको लक्ष्मिनियाँ लगायतका ठाउँमा रोकिएका छन्।