अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले सचिवालय बैठक जारी 

एमाले सचिवालय बैठक जारी 


काठमाडौं-केहीबेर अघि सुरु भएको नेकपा एमाले सचिवालय बैठक जारी छ। 

बैठक काठमाडौंको हनुमानथानस्थित होटेल बसेरामा भइरहेको छ। आजको बैठकले वर्तमान राजनीतिक अवस्थाको संक्षिप्त समीक्षाको साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी छ। 

असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो। यस अघि केन्द्रीय नेताहरूको अन्तर जिल्ला कार्यक्षेत्र निर्धारण गरिएको थियो । नेताहरूलाई अब आफ्नै भूगोलमा खटाउने तयारी पार्टीले गरेको छ।