अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको इन्चार्जमा मञ्जु चौधरी

एमाले उदयपुरको इन्चार्जमा मञ्जु चौधरी


काठमाडौं-नेकपा एमाले उदयपुरको इन्चार्जमा मञ्जु कुमारी चौधरी चयन हुनुभएको छ।

बिहीबार बसेको पार्टी सचिवालय बैठकले इन्चार्जमा चौधरीलाई मनोनीत गर्ने निर्णय गरेको हो। आज बसेको सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी हेरफेर गरेको छ।

उदयपुरको ज्यामिरेमा जन्मिनुभएकी चौधरी एमालेको पोलिटब्यूरो सदस्य हुनुहुन्छ। संघर्ष गर्दै चौधरी समुदायबाट राजनीतिमा यात्रा शुरु गर्नुभएको हाे।

२०४५ सालबाट राजनीतिमा हाेमिनु भएकी पार्टीको अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय सचिवालय सदस्य, प्रदेश कमिटी सचिव, केन्द्रीय सदस्य हुँदै पाेलिटब्यूरो सदस्य हुनुभएको हो । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा मञ्जुकुमारी चौधरी उदयपुर-२ बाट निर्वाचित हुनु भएको थियो। त्यो बेलासम्म उदयपुरमा ३ निर्वाचन क्षेत्र थिए । २०७२ सालमा उहाँले शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको थियो।

एमाले सचिवालय बैठकले कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्टलाई इन्चार्ज तोकेको छ।

यसअघि एमालेले फरक भूगोलमा नेताहरुको जिम्मेवारी दिएकोमा त्यसलाई परिवर्तन गर्दै अहिले भूगोलका आधारमा प्रदेश इन्चार्ज बनाएको हो।

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेको थियो। साथै, मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको एमाले महासचिव शंकर पोखरेलले बताउनुभयो। त्यस्तै, केन्द्रीय कमिटीमा १७ जना मनोनीत भएका छन्।