अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको प्रथम विस्तारित भेला साउन १९ गते

एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चको प्रथम विस्तारित भेला साउन १९ गते


काठमाडौं-नेकपा एमाले उदयपुर-काठमाडौं सम्पर्क मञ्चले प्रथम विस्तारित भेला तथा चौथो पूर्ण बैठक गर्ने भएको छ।
प्रथम विस्तारित भेला २०८१ साउन १९ गते शनिबार दिउँसो २ बजे नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय च्यासल, ललितपुरमा गर्न लागेको हो।

नेकपा एमालेका केन्द्रीय नेता, कोशी प्रदेश कमिटीका नेता, एमाले उययपुर जिल्ला कमिटीका नेता, एमाले कोशी प्रदेश सम्पर्क कमिटीका नेता, मञ्चका सल्लाहकारहरू, बुद्धिजीवि, एमाले शुभेच्छुक, शुभचिन्तक महानुभावहरूलाई प्रथम विस्तारीत भेला तथा चौथो पूर्ण बैठकमा बोलाइएको एमाले उदयपुर–काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष रीता कुमारी थापाले जानकारी दिनुभयो।

मञ्चका अध्यक्ष थापाले भन्नुभयो, ‘प्रथम विस्तारित भेला तथा चौथो पूर्ण बैठकमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य मञ्जु कुमारी चौधरी, एमाले कोशी प्रदेश कमिटीका सदस्यहरु, उदयपुर क्षेत्र-२ का माननीय अम्बरबहादुर रायमाझी, एमाले उदयपुर जिल्ला कमिटीका पदाधिकारी साथै सदस्यहरु, एमाले कोशी प्रदेश सम्पर्क कमिटीका नेता, सम्पर्क मञ्चका सल्लाहकार परिषदका सल्लाहकारहरु, क्षेत्रिय सम्पर्क मञ्च, नगर सम्पर्क मञ्च, पालिका सम्पर्क मञ्चका पदाधिकारीहरु साथै सदस्यहरु एवं उदयपुुरबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेसा व्यावसाय गरी बसोबास गर्नुहुने सामाजसेवी, बुद्धिजीवि, शिक्षक, कलाकार, वकील, विद्यार्थी, मजदुर, आमाबुवा, दाजुभाइ, दिदीबहिनी, मञ्चमा आवद्ध पदाधिकरी, सचिवालय सदस्य, सदस्यहरु, एमालेका सक्रिय कार्यकर्ता तथा एमाले शुभेच्छुक, शुभचिन्तक साथै सम्पर्क मञ्चलाई सल्लाह-सुझाव अनि माया गर्नुहुने सम्पूर्ण महानुभावलाई २०८१ साउन १९ गते शनिबार दिउँसो २ बजे एमाले कोशी प्रदेश सम्पर्क कमिटीको कार्यालय च्यासलमा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछु।’

चौथो पूर्ण बैठकले विभिन्न प्रस्तावहरु माथि उपर छलफल गरी निर्णय पारित गर्ने अध्यक्ष थापाले बताउनु भयो।