अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण

बागमतीका नवनियुक्त प्रदेश प्रमुख देवकोटाद्वारा पदभार ग्रहण


काठमाडौं-बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज (शुक्रबार) पदभार ग्रहण गर्नुभएको छ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले देवकोटालाई बागमती प्रदेशको प्रमुखमा नियुक्त गर्नु भएको थियो।

बिहीबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ खाएका प्रदेश प्रमुख देवकोटाले आज प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो।

कैलालीका देवकोटा लामो समय नेकपा एमालेमा राजनीति गरेका व्यक्ति हुन्। उहाँसँग एमालेका विभिन्न कमिटीमा काम गरेको अनुभव छ।

केही वर्षअघि भूमि आयोग कैलालीको अध्यक्ष बनेर ५ महिना काम गरेका थिए। पछिल्लो समय एमाले अनुशासन आयोगको सदस्य रहेका देवकोटा प्रदेश प्रमुख नियुक्त भएसँगै दलगत आबद्धताबाट अलग भएका छन्।