काठमाडौँ- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य मणि थापा पदमुक्त हुनुभएको छ। पार्टीमा लामो समयदेखि निष्क्रिय रहेको भन्दै उहाँलाई एमालेले पदमुक्त गरेको हो।
उहाँको स्थानमा हिजोको सचिवालय बैठकबाट स्थायी कमिटी सदस्य मनोनित गरेसँगै उहाँलाई पदमुक्त गरिएको हो। सचिवालय बैठकले दुई रिक्त सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरेको हो।
एमालेको २०७८ मंसिरको चितवन महाधिवेशनले थापालाई स्थायी कमिटी सदस्यमा चयन गरेको थियो। तर त्यसपछि उहाँ पार्टीको काममा निष्क्रिय हुँदै जानुभयो । पछिल्लो एक वर्षदेखि उहाँ पूर्णरुपमा निष्क्रिय रहँदै आउनुभएको थियो।
प्रतिक्रिया