अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हरदेव जोशी: जिल्ला कमिटीदेखि केन्द्रीय सदस्यसम्म

हरदेव जोशी: जिल्ला कमिटीदेखि केन्द्रीय सदस्यसम्म


काठमाडौं-देशको बिकट दार्चुला जिल्लाको छापरी गाविसको वाड-८ को कलौनामा स्वर्गीय बुवा अम्बादत्त जोशी र आमा धना देवी जोशीको कोखबाट विक्रम सम्वत २०३४ सालमा न्यून वर्गीय घरपरिवारमा जन्मिनुभएका हरदेव जोशी पाँच भाइ एक बहिनीका सबैभन्दा जेठो दाइ हुन्। 

२०४७ सालमा कक्षा-६ मा अध्ययन गरिरहेका थिए सोही समयमा २०४७ सालको अन्त्यतिर जननेता मदन भण्डारी चुनावी प्रचारमा दार्चुला पुग्दा जननेता भण्डारीबाट प्रभावित भएर २०४७ सालमै जोशीले अनेरास्ववियु सदस्यता लिनुभएको थियो। निरन्तर विद्यार्थी आन्दोलनमा सक्रिय रहेका हरदेव अध्ययनको क्रममा २०५१ सालमा प्रवास पुगेका उहाँले २०५१ बाटै अनेरास्ववियुको प्रारम्भिक कमिटी,  नगर कमिटी,  जिल्ला कमिटीदेखि केन्द्रीय कमिटी सदस्य,  सचिव र महासचिव भई खेमचन्द्र ढकाल,  तिलप्रसाद काफ्ले,  अच्युत जोशी लगायतका तत्कालीन जल्दा बल्दा विद्यार्थी नेताहरूसँग सम्पर्कमा रही प्रवासी विद्यार्थीहरूका पक्षमा पूर्णकालीन कार्यकर्ता भई काम गर्नुभएको थियो।

सोही समयकलामा तत्कालीन राजा ज्ञानेन्द्रले नेपालमा ‘कु’ गरेका बेला तानासाही राजतन्त्रका विरुद्धमा प्रवासी नेपाली विद्यार्थीहरू र भारतीय विद्यार्थी सङ्गठनहरूलाई समेत शाही शासनका विरुद्धमा ऐक्यबद्ध गरी अनेरास्ववियुले लोकतन्त्रका पक्षमा गरेको सङ्घर्षशील आन्दोलनमा समेत जोशीले सक्रिय भूमिका निर्बाहा गरेका थिए।

प्रवासबाट राजनीतिक शास्त्र र अंग्रेजीमा विषयमा एमए अध्ययन र त्यहाँको राजनीतिक जिम्मेवारी पूरा गर्दै २०६३ सालमा जिल्ला फर्केका जोशी,  २०६३  सालमै नेकपा एमाले दार्चुला जिल्ला कमिटी सदस्य र तत्कालीन समयको इलाका नम्बर ३ को इन्चार्ज,  २०६६ सालमा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य,  सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य,  सहित मदन भण्डारी फाउण्डेशन जिल्ला अध्यक्ष र मदन भण्डारी फाउण्डेशन केन्द्रीय कमिटी सदस्य सम्हाल्दै,  नेकपा एमालेका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको स्वकीय सचिवालयमा २०७२ साल र २०७७ सालमा उपसचिवको जिम्मेवारीमा रही कुशलतापूर्वक काम गरिसक्नुभएका हरदेव जोशीले सोही क्रममा २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा दार्चुला जिल्लाको लिम्पियाधुरा, लिपुलेक र कालापानी अन्तर्गत पर्ने प्रदेशसभा निर्वाचन (क) क्षेत्रबाट प्रदेशसभा सदस्य पदको उम्मेदवार समेत हुनुभएको थियो।

शालीन, भद्र र गम्भीर स्वभावका जोशीले पार्टी सङ्गठित सदस्य प्राप्त गरेको २८ वर्ष लामो सक्रिय राजनीतिक जीवन  पश्चात् यस बीचमा विभिन्न उतार चढावका बाबजुद पनि उद्देश्यबाट अविचलित नभई निष्ठापूर्वक राजनीतिकलाई समाजसेवा बनाएका उनै हरदेव २०८१ साल साउन १७ गतेको नेकपा एमाले सचिवालय बैठकबाट  केन्द्रीय कमिटी सदस्य मनोनीत भएका छन्।

निस्वार्थ राजनीति मार्फत समाजसेवामा २४औँ घण्टा समाजसेवामा तल्लीन जोशीको केन्द्रीय कमिटी सम्मको यात्रा भावी पुस्ताका लागि समेत अनुकरणीय बन्नुका साथै अविचलित र अनवरत जबजको पक्षमा,  पार्टी फुटको विपक्षमा,  पार्टीको संस्थागत पक्षमा, विभिन्न अपमान सहदै आफ्नो बाटो नबिराई सक्रिय राजनीतिमा रहेका जोशीले केन्द्रीय कमिटी सदस्य मनोनीत भएपछि  जोशीप्रति नेकपा एमालेको नेतृत्वले गरेको मूल्याङ्कनको समेत उच्चतम प्रशंसा भएको छ। यो सँगै उदाहरणीय पात्रका रूपमा स्थापित हुनुभएका हरदेव जोशीलाई धेरै-धेरै बधाई तथा सफल कार्यकाल एवं उप्रान्त राजनीतिक जीवनको शुभकामना।