अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले दिनुभयो महिला भलिबल टिमलाई बधाई

प्रधानमन्त्री ओलीले दिनुभयो महिला भलिबल टिमलाई बधाई


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला भलिबल टिमलाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत् उहाँले नेपाली टिमलाई बधाई दिनुभएको हो। उहाँले भन्नुभएको छ, ‘नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ। बधाई नेपाली टिम।’ 

नेपालले पहिलो पटक भारतलाई पराजित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित दर्ता गरेको हो। महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । 

पहिलो खेलमा नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो ।