अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण

एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण


काठमाडौं-नेकपा एमालेका मनोनीत उपाध्यक्ष, स्थायी कमिटी तथा केन्द्रीय सदस्यको आज शपथग्रहण कार्यक्रम रहेको छ।
पार्टी सचिवालय बैठकबाट मनोनीत हुनुभएका पार्टीका एक उपाध्यक्ष, एक स्थायी कमिटी सदस्यहरू तथा १७ केन्द्रीय सदस्य लगायतले आज शपथ लिँदै हुनुहुन्छ।

गत साउन १७ गते बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराल, स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई मनोनीत गरेको थियो।

उहाँहरूलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले शपथ गराउने कार्यक्रम रहेको छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम समेत रहेको छ।
यस बाहेक आज प्रधानमन्त्री ओली मछिन्द्रनाथको भोटो देखाउने जात्रामा सहभागी हुने कार्यक्रम छ। उहाँ अपराह्न ३ः५० बजे सो कार्यक्रममा पुग्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आज साँझ भने भौतिक मन्त्रालय अन्तर्गतको प्रमुख निकाय सडक विभाग मातहत आर्थिक वर्ष २०८०/०८१ मा विकास कार्यक्रमको वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुने छ। सो कार्यक्रम होटेल हिमालय कुपण्डोलमा अपराह्न ४ः४५ बजे पछि सुरु हुँदैछ।