अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

क्रिकेट मैदानबारे प्रधानमन्त्री र क्यानका पदाधिकारीबीच छलफल

क्रिकेट मैदानबारे प्रधानमन्त्री र क्यानका पदाधिकारीबीच छलफल


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले टियू क्रिकेट मैदानको विषयमा नेपाल किकेट संघका पदाधिकारी सहित खेलाडी, खेल प्रेमी कलाकारहरुसँग छलफल गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेल प्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ।’

प्रधानमन्त्री ओलीले असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि टियु मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णय गर्नु भएको थियो।