काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नयाँ आयोजना नथप्न निर्देशन दिनुभएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । उहाँले थालेको काम सक्ने सरकारको प्राथमिकता रहेको बताउनुभयो। रणनीतिक महत्वको भनिएका सडकमा समेत १५ वर्षमा १५ प्रतिशत मात्र काम भएको भन्दै प्रधानमन्त्री ओलीले चालु आयोजना सम्पन्न गर्नेतर्फ लाग्न निर्देशन दिनुभयो।
‘नयाँ बाटाहरु थाल्ने काम नगरौँ’ सडक विभागले देखाएको हालका सडक आयोजनाको सूची देखाउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले चालु रहेका आयोजनाहरू सकौँ, छिटो सकौँ। जे निर्माण गर्छौ स्तरीय गरौँ।’
प्रधानमन्त्री ओलीले दुई लेन भन्दा साना सडक नबनाउन समेत निर्देशन दिनु भएको छ। ‘डबल लेनभन्दा सानो बाटो बनाउँदै नबनाऔं’, उहाँले भन्नभयो, ‘जसो तसो बाटो बनाउने होइन, बाटो र मान्छे दुबैको सुरक्षाको प्रबन्धसहित सडक बनाउनुपर्छ।’
प्रतिक्रिया