अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस मधेसका पूर्वराज्यमन्त्रीसहित ३० जना एमालेमा प्रवेश

नेकपा एस मधेसका पूर्वराज्यमन्त्रीसहित ३० जना एमालेमा प्रवेश


काठमाडौं-नेकपा एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका पूर्वराज्यमन्त्री नागेन्द्र राय यादव सिंगो टीमसहित नेकपा एमालेमै फर्कनुभएको छ।

रौतहट जिल्लाका एकीकृत समाजवादीका नेता यादव आइतबार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भ्रमजाल सकियो भन्दै एमालेमै फर्कनुभएको हो। यादवलाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो।

यादव सहितका रौतहटका एकीकृत समाजवादीका नेता कार्यकर्ताहरूलाई अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा स्वागत गर्नुभयो। उहाँहरू २०७८ भदौमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेतृत्व गर्नुभएको एकीकृत समाजवादीतिर लाग्नुभएको थियो ।

समाजवादीमा लाग्नु आफूहरुको जीवनमै सवैभन्दा ठूलो भूल भएको र माधवले नेपाली जनतामाथि ठूलो घात गरेर आफ्नो ब्यक्तिगत तुष्टिका लागि पार्टी विभाजन गरेको प्रमाणित भएपछि पुरानो घर फर्किएको यादवले बताउनुभयो।

नेता यादवले अब नेकपा एकीकृत समाजवादीमा नेपाली राजनीतिमा सकिने प्रष्ट भइसकेको र महाधिवेशनको नाममा खडा गरिएको दासहरुको सभामा समेत बिद्रोह हुने बताउनुभयो। यादवले अब पनि नेकपा एकीकृत समाजवादीमा रहनु राजनीतिक अत्महत्या हुने निश्कर्ष सो पार्टीका पदाधिकारी नै पुगेको र केही समयभित्रै सवै फर्कने खुलासा समेत गर्नुभयो।

नेकपा एकीकृत समाजवादीमा पार्टी छाड्ने क्रम रोकिएको छैन। समाजवादी छोड्ने हिजाेआज देशभरि नै लहर नै चलेकाे छ।