काठमाडौं-नेकपा एमालेका सांसद एंव एमाले सचेतक सुनिता बरालले हवाई टिकटमा पद र पहुँचको दुरुपयोग गर्ने काम तत्काल रोक्न सरकारसँग माग गर्नुभएको छ।
सोमबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सचेतक बरालले विभिन्न जिल्लाहरुको सडक सञ्जाल मर्मतको काममा पनि तिब्रता दिन सरकारको ध्यानाकर्षण समेत गराउनुभयो।
हवाई यातायातका लागि पद र पहुँचको दुरुपयोग हुँदा सर्वसाधारणले टिकट नपाउने दुःखद् अवस्था रहेको उल्लेख गर्दै उहाँले त्यस्तो अवस्थाको अन्त्य हुनेगरी आवश्यक व्यवस्था मिलाउने काममा सरकारले ढिलाई गर्न नहुने बताउनु भयो।
दसैँ, तिहारजस्ता चाडपर्व आउन लागेकाले सरकारले सर्वसाधरणले सार्वजनिक यातायातबाट सहज ढंगले घर जान पाउने गरी सडक मर्मतको काम गर्नुपर्ने उहाँको भनाइ थियो।
प्रतिक्रिया