अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले-कांग्रेसको सरकार बनेपछि अर्थतन्त्रका सूचकमा सकारात्मक सन्देश: ठाकुर गैरे

एमाले-कांग्रेसको सरकार बनेपछि अर्थतन्त्रका सूचकमा सकारात्मक सन्देश: ठाकुर गैरे


काठमाडौं-प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले कांग्रेस र एमालेको सरकार बनेपछि राष्ट्रमा सकारात्मक सन्देश सञ्चार भइरहेको बताउनुभएको छ।

सोमबार प्रतिनिधि सभा बैठकका विशेष समयमा बोल्दै गैरेले देशको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक सङ्केतहरू देखिएका बताउनुभयो। स्वदेशी तथा बाह्य लगानीकर्ताहरू नेपालमा लगानी गर्न आकर्षित भएका सन्देश आएका उहाँले बताउनुभयो। 

सिङ्गो सदनमा राष्ट्रिय सहमति बनाएर संविधानका सुधार गर्नुपर्ने पक्ष संशोधन गरेर अघि बढ्ने हो भने देशमा नयाँ आशा जागृत हुने र दलहरू प्रति थप भरोसा पैदा हुने गैरेले बताउनुभयो।