काठमाडौं-देशका विभिन्न स्थानसँगै यतिबेला (मंगलबार बिहान ८:२० बजे) काठमाडौँ उपत्यकामा पनि व्यापक मात्रामा वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ।
मौसमविद् झाका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना देखिएको छ। उहाँले भन्नुभयो, ‘लगातार वर्षा नभए पनि पानी पर्ने रोकिने भइरहने देखिन्छ।’
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार पछिल्लो १२ घण्टामा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी कपनमा ९७ मिलिमिटर वर्षा भएको छ।

यसैगरी सो अवधिमा बूढानीलकण्ठमा ७०.४ मिलिमिटर वर्षा भएको छ। यस्तै उपत्यकाका अन्य स्थानमा सुन्दरीजलमा ४८.८ मिलिमिटर, काठमाडौँको धापड्याममा ४५ मिलिमिटर, ललितपुरको लेलेमा ४० मिलिमिटर वर्षा मापन भएको महाशाखाको विवरणमा उल्लेख छ।






प्रतिक्रिया