अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा जारी वर्षा कहिले रोकिएला ?

काठमाडौंमा जारी वर्षा कहिले रोकिएला ?


काठमाडौं-काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेकाे छ। मनसुन थप सक्रिय भएसँगै काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अहिले उपत्यकामा मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ। मौसमविद् झाका अनुसार आज दिनभर नै काठमाडौँ उपत्यकामा वर्षा जारी रहने सम्भावना देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सातै प्रदेशमा भारी वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ। 

देशभर वर्षा र भारी वर्षाको क्रम भोलिसम्म नै जारी रहने महाशाखाले जनाएको छ। वर्षाका कारण काठमाडौं उपत्यकासँगै देशभरको जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि भारी वर्षा कारण विद्यालय जाने विद्यार्थी तथा कार्यालय जानेहरू प्रभावित भएका छन्। कामले बाहिर निस्किएका मानिसहरू झरीले निथ्रुक्क भिजेका छन्।