अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज मन्त्रीपरिषद् बैठक बस्दै

आज मन्त्रीपरिषद् बैठक बस्दै


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाउनु भएको हो।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपराह्न पाँच बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा समसामयिक विषयका साथै मन्त्रालयले सम्पादन गरिरहेका काम, आइपरेका समस्या तथा समाधानका उपायका विषयमा छलफल हुनेछ। बैठकमा विभिन्न मन्त्रालयले ल्याउने प्रस्ताव उपर पनि छलफल भई निर्णय हुने छ।