अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा

प्रधानमन्त्री ओली राज्य व्यवस्था समितिको बैठकमा


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उपस्थित हुनुभएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार जारी बैठकमा पहिलो पटक प्रधानमन्त्री सहभागी हुनुभएको हो। यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्री बैठकमा पठाउनु भएको थियो।

समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्ने कार्यसूची छ।