काठमाडौं-जाजरकोटमा बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा भेरी नगरपालिका-६ गंगटियाका ३४ वर्षीय मानबहादुर वली रहेका छन्।
मंगलबार दिउँसो ३ बजेको समयमा खंलगादेखि भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर एकै गाउँका १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
जिप सडकबाट ४ चार सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
प्रतिक्रिया