अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त


 काठमाडौंऔमुहम्मद युनुस बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त भएका छन्। मंगलबार नै राष्ट्रपति भवनमा भएको एक बैठकले नोबेल पुरस्कार बिजेता युनिसलाई नै अन्तरिम सरकारको प्रमुख चुनेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। सो बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखसमेत सहभागी थिए ।

मुहम्द युनिस गरिबी विरुद्ध लडेका कारण विश्वप्रसिद्ध नोबेल शान्ति पुरस्कारबाट सम्मानित हुनुभएको थियो। ‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए।

उहाँ पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन्। किनकी उनलाई शेख हसिनाले गरीबहरुको रगत चुसेको आरोप लगाउने गर्नुहुन्थ्यो।

विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेपछि बंगलादेशमा अन्तरिम सरकार गठन गरिएको हो। 

युनुस हाल देशबाहिर हुनुहुन्छ। तर उहाँले शेख हसिनाको बहिर्गमनलाई स्वागत गर्दै यसलाई देशको दोस्रो स्वतन्त्रता भनेका छन्।