काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ।
ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ।
गत असार १३ गते सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए। नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका सबै विद्यार्थीले यसपटक पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको हो।







प्रतिक्रिया