अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेंसीसहर-चामे सडक अवरुद्ध

बेंसीसहर-चामे सडक अवरुद्ध


बेंसीसहर-पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ। अविरल वर्षाले गए राति यस सडकअन्तर्गत बेंसीसहर नगरपालिका–६ खरखरे भिरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदी नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंले खरखरे भिरको पहिरो यतिबेला हटाउन सफल भए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको उहाँले बताउनु भयो। ६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन्।