अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौँ ल्याइयो

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौँ ल्याइयो


काठमाडौं-नुवाकोटको सूर्यचौरमा भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका पाँचै जनाको शव काठमाडौं ल्याइएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा बुधबार दिउँसो काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेष्टी ९ एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको थियो ।

हेलिकप्टरमा रहेका चार जना चिनियाँ नागरिक र एक जना नेपाली पाइलटको मृत्यु भएको हो। मृतक क्याप्टेन अरूण मल्ल, चिनियाँ नागरिकहरू टाङ जुटाओ, वु यियाओ, ली जेई र सेइ जिमिङको मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ। उनीहरुको शव संकलन गरी शव बहानमा राखेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमर्टमका लागि ल्याइएको हो।

यसैबीच सरकारले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ। 

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताउनु भयो।