अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा

कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा


विराटनगर-कोशी प्रदेश सरकारले भोलि प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिनुभयो।

सो दिवस मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा बिदा दिने निर्णय भएको प्रवक्ता अधिकारीले जानकारी दिनुभएको छ।