अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको विकास पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली

देशको विकास पहिलो प्राथमिकताः प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देश र नागरिकको विकास र समृद्धिका लागि काम गर्ने बताउनु भएको छ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा एमाले काठमाडौं महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट आयोजित बधाई ज्ञापन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।

उहाँले देशमा सुशासन कायम गरी नागरिको जीवनस्तर उकास्न र अहिलेको आर्थिक अवस्थालाई सुदृढ बनाउनु पहिलो जिम्मेवारी रहेको बताउनु भयो।

प्रधानमन्त्री ओलीले सुरु भएका परियोजनाहरू टुंग्याउने काम सरकारको पहिलो प्राथमिकतामा रहेको पनि बताउनु भयो।

ओलीलाई एमाले काठमाडौँ महानगरपालिका कमिटी तथा मातहतका सम्पूर्ण वडा कमिटीको तर्फबाट प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको थियो।