काठमाडौं-काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकैको सडक भासिएर ठूलो भ्वाङ परेको छ। सडकमा भ्वाङ परेपछि रातिदेखि सडक अवरुद्ध भएको हो ।
दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडक खण्ड भासिएको हो। सडक भासिएको स्थानमा टुकुचा खोला पर्दछ।
स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो। टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको स्थानीयले जनाएका छन्।
अहिले उक्त सडकखण्ड बन्द गरिएको र भ्वाङ परेको सडक टाल्न लागिएको महानगरपालिकाले जनाएको छ।
प्रतिक्रिया