अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश बनाउने नीति एमालेसँग मात्रै छ: गुरु बराल

देश बनाउने नीति एमालेसँग मात्रै छ: गुरु बराल


काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले जनताको निराशालाई कसरी हाँसोमा रूपान्तरण गर्ने भन्ने विषयमा राजनीतिक दलको चिन्ता हुनुपर्ने बताउनुभएको छ। 

नेकपा एमाले वाग्मती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको  बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उपाध्यक्ष बरालले अब पार्टीको कामलाई सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा केन्द्रित गर्नुपर्ने बताउनुभयो। 

 देश बनाउने नीति र योजना एमाले नेकपा एमालेसँग मात्रै भएको उहाँले बताउनु भयो। उहाँले देश निर्माणको लागि दार्शनिक, सैद्धान्तिक, कार्यक्रमिक आधार, कार्यक्रम र योजना तथा विशाल जनाधार भएको बरालले बताउनुभयो।  यिनै आधारलाई टेकेर एमालेको अभियान अघि बढ्ने उहाँले बताउनुभयो। 

एमालेको सही धरातल, सही दिशा, क्रियाशीलता, विघ्न वाधासँग जुध्ने क्षमता र विश्वास रहेको उहाँले बताउनुभयो। यसले एमालेलाई गन्तव्यमा पुर्‍याउने बरालले विश्वास दिलाउनुभयो।  ‘जहाँ हो गन्तव्य त्यसमा हामी पुगेरै छाड्छौँ, यो हाम्रो विश्वास हो’, बरालले भन्नुभयो। 

 राजनीतिक वैचारिक काममा जे उपलब्धि प्राप्त भएको छ त्यसले एमालेलाई २०८४ को निर्वाचनमा बलियो र पहिलो राष्ट्रिय शक्ति बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो। 

एमालले सङ्गठित गर्न बाँकी धेरै युवा प्रतिभाव अहिले पनि रहेकाले उहाँहरूलाई समेट्नको लागि पार्टीले खातिरदारी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँहरूलाई संगठनात्मक सञ्जालमा जोड्नु पर्ने बरालले बताउनुभयो। 

नेकपा एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा वाग्मती प्रदेश अन्तर्गतका १३ वटै जिल्ला कमिटीका इन्चार्जहरू, वाग्मती प्रदेश कमिटीका पदाधिकारी तथा सस्यदरु, जिल्ला अध्यक्षहरू, निर्वाचित जनप्रतिनिधि लगायतको सहभागिता रहेको नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो।