काठमाडौं-काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको छ।
शुक्रबार अपराह्न साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल भूमिस्थलीस्थित मनकामना ऊन कारखानामा आगलागी भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताउनुभयो।
काठमाडौं महानगरपालिकाको तीन वटा दमकल परिचालन गरिएको छ। ललितपुर महानगरपालिकाबाट पनि दमकल गएका छन्।
ओखलढुंगा लिखु गाउँफालिका-४ घर भएका ५९ वर्षीय बुद्धिबहादुर कार्कीले उक्त कारखाना संचालन गर्दै आउनु भएको थियो।
स्थानीय, प्रहरी र अन्य सुरक्षाकर्मीसहितको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ।






प्रतिक्रिया