अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी


विराटनगर-विराटनगरको लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ। आइतबार दिउँसो अस्पतालको आईसीयू कक्षबाट आगोको मुस्लो निस्किएको हो। 

विराटनगर महानगरपालिका-५ स्थित बरगाँछिमा रहेको उक्त अस्पतालको भुँइतलामा रहेको आईसीयू कक्षमा विद्युत् सट भएर आगलागी भएको मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिनुभयो।

आगलागीबाट भेन्टिलेटर ४ थान, एक्स रे मेसिन १ थान, मोनिटर १२ थान, ईसीजी मेसिन १ थान, ईभी मेसिर १ थान, एसी ३  थान, आईसीयू बेड १० थान जलेर नष्ट भएको उहाँले बताउनु भयो।

खाली रहेको आईसीयूमा आगलागी भएको देखेपछि अस्पतालको अन्य वार्डका बिरामी र कुरुवाहरु भने त्रसित बनेका छन्।

आगोलागी नियन्त्रणको प्रयास भइरहेको छ। अस्पतालमा बिजुली सर्ट भएर आगोलागि भएको हुन सक्ने प्रहरीले जनाएको छ।