अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ।

शिष्टाचार भेटका लागि काठमाडौं आएका भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव  मिस्रीले आइतबार अपराह्न प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको थियो।

सोमबार बिहान विदेश सचिव मिस्रीले परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर साँझ भारत फर्किने कार्यक्रम रहेको छ।