अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले नाम दिएकै दिन कोशीमा सरकार विस्तार हुन्छ: मुख्यमन्त्री कार्की

कांग्रेसले नाम दिएकै दिन कोशीमा सरकार विस्तार हुन्छ: मुख्यमन्त्री कार्की


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार हुन केही समय लाग्न सक्ने बताउनुभएको छ।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा आइतबार संसदीय पत्रकार मंच कोशीका पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकार बिस्तारमा अझै केही दिन पर्खनु पर्ने अवस्था आएको बताउनुभयो। उहाँले नयाँ समीकरण परिवर्तन भएसँगै माओवादीले सरकारबाट बाहिरिएर सहयोग गरेको बताउदै  काँग्रेसले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने जानकारी दिनुभयो। 

विधानको धारा १६८ (५) अनुसार आफ्नो नेतृत्वमा बनेको सरकारको सय दिन पुग्न लागेको बताउँदै उहाले धेरै काम गरिएको बताउनुभयो। अहिलेको  सरकारले आगामी साउन ३२ गते एक सय दिन पूरा गर्दैछ।

उहाँले आवश्यकताका आधारमा मन्त्रालयको संख्या बढ्न सक्ने उल्लेख गर्दै तर अहिले काँग्रेस र एमालेबीच मन्त्रालय नबढाउने सहमति भएको जानकारी दिनुभयो। कामको चापको आधारमा केही मन्त्रालयहरू विभाजन हुन पनि सक्छ उहाँले भन्नुभयो तर अहिले त्यो संभावना छैन। अहिले कोशी प्रदेशमा ९ वटा मन्त्रालय छन् । यी मन्त्रालयमध्ये काङ्ग्रेसको भागमा ४ र एमालेको भागमा ५ मन्त्रालय रहनेगरी सहमति भईसकेको उहाले बताउनुभयो ।

उहाँले स्थानीय तहले पर्यटक गाडीलाई पालिकै पिच्छे कर लिने प्रचलन हटाउन पहल गर्ने बताउनुभयो । सरकारले कोशी प्रदेशको लगानी सम्मेलन आगामी पुसमा गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । यस्तै नेपालका लगानीकर्तालाई पनि प्रदेशमा आकर्षित गर्न पहल गर्ने  उहाको भनाइ छ। यस्तै पर्यटन र कृषिको क्षेत्रमा पनि लगानी सम्मेलन केन्द्रीत हुने उहाँले बताउनुभयो । । आगामी ३ वर्ष भित्रमा प्रदेशको ओैचित्य पुष्टि गर्ने गरि काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै पर्यटन वर्षको तयारी र चिया सम्मेलनको तयारी पनि गरिरहेको उहाँले जानकारी दिनुभयो।

 केन्द्रमाअहिलेको सरकार बनेपछि टिआरसी विधेयकमा सहमति हुनु ऐतिहासिक महत्त्व रहेको उहाँले दाबी गर्नुभयो।