अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनुहुने

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले ३० गते विश्वासको मत लिनुहुने


धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले २०८१ साउन ३० गते विश्वासको मत लिनु हुने भएको छ। साउन ३० गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिनुभयो।

नेपाली कांग्रेसका शाह नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो। 

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिना भित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ। ५३ सदस्यी सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । 

सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेश सभा सदस्य रहनु भएकाले मुख्यमन्त्री शाहले विश्वासको मत प्राप्त गर्ने निश्चित छ।