अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुदूरपश्चिमका प्रमुख सचेतकमा मल्ल र सचेतकमा बम चयन

एमाले सुदूरपश्चिमका प्रमुख सचेतकमा मल्ल र सचेतकमा बम चयन


काठमाडौं-नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन हुनुभएको छ।

मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल र सचेतकमा निर्मला देवी साउद हुनुहुन्थ्यो।

पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले नयाँ प्रमुख सचेतक र सचेतक चयन गरिएको संसदीय दलका नेता रावलले जानकारी दिनुभयो।