काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री रमेश लेखकलाई रास्वपा सभापति रवि लामिछाने संलग्न सहकारी ठगीको फाइल खोल्न आग्रह गर्नुभएको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जो जतिसुकै शक्तिशाली भएपनि सहकारी ठगलाई छानविन गर्नेपर्ने बताउनु भयो।
महामन्त्री थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताउनु भयो।
महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताउनुभयो । उहाँले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताउनु भयो।
महामन्त्री थापाले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ छोड्न नहुने बताउनु भयो।
‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापा भन्नभयो, ‘कसैलाई अप्ठेरो पार नहुने भन्दै भन्नुभयो, ‘विधिको शासन भनेको त्यही हो।’







प्रतिक्रिया