अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिनुहुँदै


धनगढी-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार  प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ।

तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

कांग्रेसका शाह सत्तारुढ दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्‍याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । तीनै दलको प्रदेश सभा सदस्य सङ्ख्या मिलाएर मुख्यमन्त्रीसँग स्पष्ट बहुमत रहेको छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहनुभएको छ।