अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिरोले अवरुद्ध मौवाखोला र चुम्लिङटार सडक खुल्यो

पहिरोले अवरुद्ध मौवाखोला र चुम्लिङटार सडक खुल्यो


चितवन-चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पृथ्वी राजमार्गको मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। 

आज (बुधबार) बिहान करिब ७ बजेको समयमा माथिबाट गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध भएको हो। मौवाखोलामा पहिरोको कारण एकतर्फी सडक अवरुद्ध भएको छ भने चुम्लिङटारमा दुईतर्फी नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ। पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ। यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण वर्षाको मौसममा यो सडकखण्ड पटक–पटक अवरूद्ध हुने गरेको छ।