ललितपुर-ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकामा सडक भासिएको छ।
महालक्ष्मी नगरपालिका-३ को बोझे पोखरीबाट इमाडोलतर्फ आउने भित्री सडक गएराति भासिएको हो।
सडकमा झण्डै तीन मिटरका दुईवटा खाडल बनेका छन्। भासिएपछि त्यो सडकमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ।
यही साउन २५ गते काठमाडौँ महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो।
सडक भासिएपछि अहिले दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा यातायात सञ्चालन बन्द गरिएकाे छ।






प्रतिक्रिया