अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने


काठमाडौँ-प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत भएसँगै त्यस सम्बन्धमा शीर्ष नेताहरूले आफ्नो धारणा राख्ने तयारी भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ।  

कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । विधेयकलाई आजै पारित गर्ने तयारी भइरहेको छ।