अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने गरी संविधान संशोधन हुँदैन: प्रधानमन्त्री ओली

समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मास्ने गरी संविधान संशोधन हुँदैन: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले समावेशिता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मास्ने गरी संविधान संशोधन नहुने स्पष्ट पार्नुभएको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘संविधान संशोधन गर्छौं भन्नुको अर्थ हामीलाई जे लागेको छ, त्यो गर्नु होइन। देशकाविरुद्ध, सुशानका विरुद्ध, समावेशिता मास्ने गरि, संघीय लोकतान्त्रिक गणतन्त्र मास्नेगरी संविधान संशोधन हुँदैन।’ 

संविधान संशोधन गर्दा सवै पक्षसँग छलफल गरिने र सर्वस्वीकार्य बनाउने प्रयास हुने समेत प्रधानमन्त्री ओलीले बताउनु भयो।उहाँले भन्नुभयो, ‘संविधानको सर्वस्वीकार्यताका पक्षलाई ध्यानमा राखेर सर्वस्वीकार्य बनाउने कुरालाई ध्यानमा राखेर संविधान संशोधन गर्न सकिन्छ भनेको हो।’